सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ कोरोना संक्रमितको मृत्यु

योसँगै बाँके जिल्लाभित्रका २९१ पुगे

बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

राप्तिसोनारी गाउँपालिका-७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०:१५ बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५ बजे मृत्यु भएको छ ।

यस्तै नारायण नगरपालिका-५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४:४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ भने मध्‍य नेपाल नगरपालिका-४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५:५० बजे मृत्यु भएको छ ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका-७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५:१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै घोडाघोडी नगरपालिका-१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११:२४