सूचनाको शक्ति - The Power Of Information

        

सरकारमा सहभागी हुने बारे प्रधानमन्त्री ओली र ठाकुरबीच छलफल

काठमाडौं । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।

बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।

प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ ।

जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रीत हुने बुझिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११:०२