काठमाडौं । सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा भारी कर छुट दिएको छ ।
यसअघि विद्युतीय सवारीसाधनमा सरकारले ६० प्रतिशतसम्म अन्तःशुल्क र ८० प्रतिशतसम्म भन्सार लिँदै आएको थियो । तर, सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा पूर्ण रूपमा अन्तःशुल्क हटाएको छ ।
त्यस्तै,भन्सार दरबन्दी पनि १ सय किलोवाटसम्मका सवारीसाधनमा १० प्रतिशतमा झारिएको छ भने ३ सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ८० प्रतिशत भन्सार लिइएकोमा ४० प्रतिशतमा झारिएको छ ।
त्यस्तै, फ्रिज, वासिङमेसिन, राइसकुकर, बच्चालाई खुवाउने दूधलगायतमा पनि भन्सार घटाइएको छ । सुर्ती, चुरोट, मदिरालगायतमा अन्तःशुल्क बढाइएको छ ।
गत साल चकलेटको भन्सार घटाएको भनेर सरकारको आलोचना भएको थियो । यो साल चकलेटमा भन्सार पुनः ३० बाट ४० प्रतिशत नै बनाइएको छ ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।
।