सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट २४ घन्टामा विश्वमा ८ हजार ११९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ११९ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार १२९ र ब्राजिलमा ९५० जना छन्।

यस्तै कोलम्बियामा ५३५, मेक्सिकोमा ३८७, रुसमा ३५५, अर्जेन्टिनामा ३४८, अमेरिकामा १२४, टर्कीमा १३४, इरानमा १९८, इन्डोनेसियामा १४२, चिलीमा १२१, फिलिपिन्समा १३९, जापानमा १०१, नेपालमा १०९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०७:३७