सूचनाको शक्ति - The Power Of Information

        

एकसाता थपियो लकडाउन

बझाङ । बझाङ जिल्लामा वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निणर्य गरेको हो ।

जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा संक्रमणको रोकथाम लागी निशेधाज्ञानै उपयोगी देखिएकाले जेठ २४ गते मध्यराति १२ बजेसम्मका लागि थप्ने निणर्य गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीेले जानकारी दिए ।

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि बझाङ जिल्लामा वैशाख १८ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २० गतेबाट पुनः थप गरी वैशाख २६ गतेसम्मका लागि लम्ब्याइएको थियो । त्यसपछि दोस्रो पटक बैशाख २६ गतेबाट जेठ २ गते सम्मका लागि र तेस्रो पटक थप गरी जेठ १७ गते सोमबारसम्मका लागि निषेधाज्ञा थपिएको थियो ।

निषेधाज्ञा लगाएको भए पनि जिल्लाको समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएकाले आइतबार डिसिसिएमसीको बैठक बसेर थप एकसाता अर्थात जेठ २४ गतेसम्मका लागि थप्ने निणर्य गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०७:३१