सूचनाको शक्ति - The Power Of Information

        

करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका-१ का अन्दाजी २७ वर्षीय भरत बोहोराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए ।

बोहोरा एक सातादेखि जयपृथ्वी नगरपालिका-९ देवलमा रहेको निर्माणधिन बालआश्रममा मजदुरको रुपमा काम गर्दै आएको खुलेको छ । बोहोरा बाल आश्रममा सरिया फिटिङ गर्ने क्रममा करेन्ट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सिमखेत लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरिक्षक चौधरीले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०७:२४