सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यको बजेट १ खर्ब नाघ्यो

काठमाडौं । नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब पार गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा सरकारले चालु आवमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी आवमा उच्च वृद्धि गर्दै १ खर्ब २२ अर्ब पुर्‍याएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

यसबाहेक खोप व्यवस्थापन गर्न २६ अर्ब ७५ करोड विनियोजन भएको छ । खोपसहित कुल कोभिड रोकथाममा भने ३७ अर्ब ५३ करोड बजेट विनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १६:५०