सूचनाको शक्ति - The Power Of Information

        

चिकित्सक र नर्समाथि आक्रमण

भेरी अस्पतालमा चिकित्सक र नर्समाथि आक्रमण हुनु निन्दनीय : देउवा

आक्रमणकारीलाई कडा कारबाही गरियोस्

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निन्दनीय कार्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमा शुक्रवार बिहान लेख्दै उनले घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग समेत गरेका छन् ।

उनले भनेका छन्, ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएकाे याे घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०९:४१