एजेन्सी । अफ्रिकी मुुलुक नाइजेरियामा २ सय यात्रु सवार एक डुंगा डुबेको छ ।
नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि सवार डुंगा टुक्रिएर डुबेको हो ।
डुंगामा सवार पाँच जनाको भने उद्धार गरिएको छ । डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
डुंगामा सवार ब्यक्तिहरुले सुनखानीबाट बालुवा समेत उक्त डुंगामा लोड गरेकोले भार थेग्न नसकी दुर्घटना भएको बुझिएको छ । डुंगामा सवार अन्यको खोजी जारी छ ।
।