सूचनाको शक्ति - The Power Of Information

        

रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला

दाङ । दाङमा रुखमा झुन्डिएको अवस्थामा दुई वटा शव फेला परेको छ ।

घोराही उपमहानगरपालिका– ७ सुकवारका अन्दाजी २९ वर्षका रेखबहादुर घर्ती र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाले जानकारी दिनुुभयो ।

मृतक महिलाको भने पहिचान खुलेको छैन । गत ८ गते शनिबार घरबाट निस्किएका घर्ती चार दिनपछि घर नजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेका छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार ०९:२८