काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्नुभएका सभापति देउवालाई राष्ट्रपति विद्या भण्डारीले निवेदनको प्रक्रिया नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गर्नुभएको थियो ।
प्रधानमन्त्रीमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पनि दावी गर्नुभएको थियो । दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।
तर कांग्रेसहित विपक्षी ५ दलले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका छन् । संंविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकोमा दलहरूले विरोध गरेका हुन् ।
।