सूचनाको शक्ति - The Power Of Information

        

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल पनि खोल्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो ।

निषेधाज्ञाको कारण कोरोना संक्रमण दर केही कम भएपनि अपेक्षित नतिजा नआएको भन्दै पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

थपिएको अवधिमा निषेधाज्ञालाई थप कडाइका साथ लागू गरिने जनाइएको छ ।

अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ ।

तर, अब किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका ती अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि थपियो निषेधाज्ञा, किराना पसल खोल्न नपाइने

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १८:३२