सूचनाको शक्ति - The Power Of Information

        

नेपाली क्रिकेट टिमको वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।

नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा नै कायम छ । अघिल्लो वरीयतामा पनि नेपाल १६औँ स्थानमै रहेको थियो ।

टी-ट्वान्टी वरीयतामा नेपाल १३औँ स्थानमा रहेको छ ।

घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन ।

एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार ०९:१४