काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशका १४ जना सांसदले स्पष्टीकरण बुझाएका छन् ।
जेठ ६ गते सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान नगरेको भन्दै एमालेको बागमती प्रदेश संसदीय बोर्डले माधव नेपाल पक्षका १४ जना प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोेधेको थियो ।
प्रदेश सभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, वसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद खनाल, शान्ति प्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुम कार्की र पार्वती सिलवाल लाई आइतबार साँझ ५ बजेसम्मका लागि स्पष्टीकरण बुझाउने समय दिइएको थियो ।
उनीहरुले समय अगावै स्पष्टीकरण बुझाएको प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी बताए ।
।