सूचनाको शक्ति - The Power Of Information

        

ह्यारी केनलाई गोल्डेन बुट

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरे ।

केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।

सलाहले २२ गोल गरे । हिजो राति लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गरेका थिए । जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन् ।

केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ०९:३९