सूचनाको शक्ति - The Power Of Information

        

भारतमा यास चक्रवातको सामना गर्न तयारी

एजेन्सी । भारतमा हालै आएको ताउते चक्रवातको प्रभाव सकिन नपाउँदै यास चक्रवातको सामना गर्न भारत सरकारले तयारी थालेको छ ।

यसका लागि सेनाको चार बिमान र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने सयौं उद्धारकर्मीहरुलाई भारतको बिभिन्न राज्यहरुमा तैनाथी अवस्थामा राखिएको छ ।

यास चक्रवात आउन सक्ने संकेतपछी बसेको उच्चस्तीरय बैठक लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त तयारी गरिएको जानकारी दिंदै सबैलाई सतर्कता अपनाउन अपील गरेका छन् ।

भारतका मौसमबिदहरुले भारतको बंगालको खाडीमा यही मे २६ तारिखमा प्रतिघण्टा १५५ देखि १६५ किलोमिटरको दरले जानकारी दिएपछी तयारी थालिएको हो । यो चक्रवात बंगालको खाडी हुँदै उडिसाको तटीय क्षेत्र हुँदै भारतका अन्य जिल्लाहरुमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

यसैबीच प्रधानमन्त्री मोदीले चक्रवात सम्भावित जिल्लाका स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न स्थानीय निकायहरुलाई निर्देशन दिएका छन् । भारतमा ताउते चक्रवातका कारण ठुलो संख्यामा मानविय क्षती भएको थियो भने हजारौ जनता प्रभावित भएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ०९:२६