सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : पहाडी भू-भागमा बर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमामा पानी पर्ने सम्भावना रहेको छ । नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सोमबार बिहान प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू-भागमा मौसम बदली रहेको छ । दिउँसो पहाडी र तपाईमा मौसम बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ०७:३७