सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पार्टी गठन गर्ने नेता नेपालको उद्घोष

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्य गरेका नेपालसहितका ११ जनालाई स्पष्टीकरण सोधिएलगत्तै नेता नेपालको यस्तो भनाइ सार्वजनिक भएको हो ।

एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै नेपालले अब नयाँ पार्टी खोल्न लागेको खुलासा गरेका हुन् ।

नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार ०९:१४