सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस, माओवादी र जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

विपक्षी गठबन्धन आज संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाँदैछ । त्यसअघि उनीहले संसदीय दलको बैठक आह्वान गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिपक्षी सर्वोच्च जान लागेका हुन् ।

हिजो बसेको विपक्षी गठबन्धनको पाँच दलको बैठकले राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको हस्ताक्षरसहित अदालत जाने बताएका थिए  ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार ०९:०२