सूचनाको शक्ति - The Power Of Information

        

भारतमा २ लाख ४३ हजार संक्रमित थपिए, मृतक कति ?

एजेन्सी । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४३ हजार ७७७ जनामा संक्रमण भएको छ । यो संख्या शनिबारको तुलनामा झण्डै ११ हजारले कम हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ७८८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९९ हजार २९६ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार ०९:०१