सूचनाको शक्ति - The Power Of Information

        

एमालेले माधव नेपालसहित ११ जनालाई आज स्पष्टीकरण पत्र पठाउँदै

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल  र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । आज स्पष्टिकरण पत्र पठाइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेले खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार ०८:५२