सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेलाई पीएसएलबाट लाहोरले गर्‍यो रिलिज

काठमाडौं । नेपाली स्पिन बलर सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट टिम लाहोर क्वालन्डर्सले पनि रिलिज गरेको छ । लाहोरले सन्दीपलाई शनिबार रिलिज गरेको हो ।

कोरोनाका कारण प्रतियोगिता स्थगित हुनुअघि लाहोरले रशिद खानका स्थानमा सन्दीपलाई अनुबन्ध गरेकामा अहिले फेरि सन्दीपलाई रिलिज गरेर रशिदलाई नै भित्र्याएको छ ।

प्रतियोगिता स्थगित हुनुकै सन्दीपका लागि ‘ब्याडलक’ रह्यो । उनी कराँची पुगेर पनि एक खेल नखेली फर्किनु परेको थियो । कोरोनाले स्थगित पीएसएलका बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार ०८:४७