काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति विपक्षी दलहरुले कडा आलोचना गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका नेताहरुले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु गलत भएको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले सांसदरुको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी गर्दा गर्दै हतारमा संसद विघट गर्नु संविधानको चरम दुरुपयोग भएको प्रतिmक्रिया दिएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाा पूर्व नियोजित षड्यन्त्र श्रृखलाको क्लाइमेक्स भएको बताउनु भएको छ । उहाँले कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताउनुभयो ।
कोरोना महामारीको तेस्रो लहरको आंकलन सुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको उहाँको तर्क छ । प्रवक्रा शर्माले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गर्नुभएको छ ।
संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उहाँले कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधानले नदिएको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेकै नेता रमेश लेखकले प्रधानमन्त्री पदका लागि दावी नपुगेको भन्दै लिएको निर्णय संविधानविपरीत भएको आरोप लगाउनुभएको छ । नेता लेखकले शितलनिवासको निर्णयले राष्ट्रपति स्वयंले पदको मर्यादा र गरिमालाई समाप्त पारेर संविधान च्यातेको प्रतिक्रिया दिनुभएको छ ।
सांसदहरुको हस्ताक्षरको सनाखतसमेत नगरी राष्ट्रपतिबाट षडयन्त्रमूलक काम भएको नेता लेखकले बताउनुभयो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दूरुपयोग गरेको उहाँको आरोप छ ।
कांग्रेकै नेता डा. शेखर काेइरालाले राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएकाे बताउनु भएकाे छ । उहाँले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताउनु भयाे ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरातमा लोकतन्त्रको डकैती भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको निर्णयलाई मध्यरातमा डकैती गरेको प्रतिक्रिया दिनुभएको छ ।
।