काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताएका छन् ।
उनले सामाजिक सञ्वालमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुवै दाबी खारेज गर्न सुझाव दिएका छन् । उनले निर्वाचनको घोषणा गर्न माग पनि गरेका छन् ।
“राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार विश्वासको मत प्राप्तगर्ने आधार छैन । दुवै जाली÷किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस् ।
यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ,” उनले भनेका छन् ।
आज ओली र देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
।