सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

देशभर थप ८६०७ संक्रमित, ७८९० संक्रमणमुक्त, १७७ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएको हो ।

नेपालमा हाल कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी १७७ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १८:०२