सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

बहुमत हस्ताक्षरसहित शीर्ष नेताहरु शीतल निवासमा, देउवा प्रस्तावित प्रधानमन्त्री

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १५:५१