सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य टिप्स

जैविक खानेकुराका कति फाइदा ?

जैविक आहारमा Organic Food वास्तवमा यस्तो आहार हुन्छन्, जुन प्राकृतिकरुपले शुद्ध एवं ताजा हुन्छन् । यीनमा रसायनीक मल किटनाशकहरुको असर हुँदैन साथै स्वाद र सुगन्धले भरीपूर्ण हुन्छन्, पोषक तत्वहरु प्रचुर मात्रामा हुन्छन् । आजभोली जैविक आहारको माग सबै ठाउँमा भइराखेको छ, चाहे महानगरमा बस्ने उच्च वर्गका मानिस हुन्, चाहे तारे होटल धाउने नवधनाड्य वा सरकारी उच्च हाकिम । किन मानिसहरुलाई जैविक आहारातिर फर्कनुपर्ने आवश्यकता पर्यो त ?

उन्नाइसौं शताब्दीको मध्यान्न तथा बिसौ शताब्दीको पूर्वार्धमा सम्पूर्ण विश्वमा तेजीले औद्योगिक क्रान्ति भयो । जसले मानिसहरुको धेरै कुरा र पक्षलाई प्रभावित गर्यो । जसको फलस्वरुप केही दशकमा नै सम्पूर्ण विश्वको जनसङख्या बिस्फोटक रुपमा बढेको छ । जसको कारण जैविक कृषिलाई छाडेर व्यावसायीक कृषि प्रणाली अवलम्वन गरियो । जसले गर्दा खाद्यान्नको माग पूरा गर्न सकियोस् ।

यसको दुष्परिणामः उत्पादन बढाउनका लागि अनियन्त्रित रुपमा रसायनीक मल किटनाशक अनि झारपातनाशकहरुको भरपूर उपयोग गरिन थालियो । जसले अप्रत्यक्षरुपले मानवीय स्वास्थ्यमा गम्भीररुपमा क्षति पुर्याउन लागे । यसैकारण आज प्रत्येक व्यक्ति कुनै न कुनै रोगबाट ग्रस्त छन् । सायद यहि कारणले होला मानिसहरु आजभोली जैविक उत्पादनतिर आकर्षित भइराखेका छन् ।

जैविक खानेकुराहरुमा आनुवांशीक परिर्वतित खानेकुरा तथा रसायनीक मल प्रयोग गरी उत्पादन गरिएका खानेकुराभन्दा ५० प्रतिशत बढी भिटमिन प्रोटीन तथा उच्च कोटीका पोषक तत्वहरु हुन्छन् । वास्तवमा दुध उत्पादनका लागि पालिएको पशुहरुमा धेरै खाले एन्टिबायोटिकहरु तथा हार्मोन प्रयोग गरिएको हुन्छ । जसले गर्दा दुध उत्पादन बढी होस जसमा अक्सिटोसिन हार्मोन मुख्य प्रयोग हुने गर्दछ ।

परिमाणस्वरुप पशुहरुमा बाझोपन अनि ती पशुबाट उत्पादित दुध सेवन गर्दा क्यान्सरजस्तो ज्यान लिने बिरामी पैदा हुन सक्छ । साथै माहिलाहरुमा स्तन तथा ओभेरीयन क्यान्सरको खतरा बढन सक्छ । यतिमात्र हैन रसायनीक मलको अत्याधिक प्रयोगका कारण मानव शरीरमा अल्प मात्रामा पारा तथा शिशाजस्ता खतरानाक धातु पनि पुग्दछन् । जसले गर्दा स्नायु तन्त्रिका सम्बन्धी विकारबाहेक अल्पवृद्धि हेमोग्लोविनको कमी तथा शरीरको रोग प्रतिरोधक क्षमता कमी गराउँने हुँदा चाँडै संक्रमण हुने गर्दछ ।

विश्व खाद्य तथा कृषि संगठनले हालै सार्वजनीक गरेको प्रतिवेदन अनुसार रसायनीक मलको अत्याधिक प्रयोगको कारण माछा खादा पारोको विषक्ता डेरी पशुहरुमा मैडकाउ रोग कुखुराहरुमा बर्डफलुजस्ता घातक रोगहरुको प्रसारण द्रुत गतिमा भइरहेको छ । यतिमात्र हैन कृषिमा बिषाक्त रसायनहरु तथा कृषिमा धेरै खाले धातुहरुको प्रयोगले गर्दा माटोको गुणस्तरमा नष्ट भइरहेको छ भने भने पानी पनि प्रदुषित भइरहेकोले सबै खाले जैविक विविधता विपरीत असर परिराखेको छ । जसले गर्दा मानिसको बाँच्ने उमेर घट्दो छ ।

त्यसैले यीनै सबै कारणले गर्दा मानिसहरु जैविक आहारातिर आकर्षित भइराखेका छन् । जैविक आहाराहरुको उत्पादन जैविक कृषि पशुपालनबाट हुन्छ, जुन शतप्रतिशत प्राकृतिक हुन्छन् । यसबाट एकातिर जनसमुदायलाई ताजा तथा स्वास्थ्यवर्धक भोजन प्राप्त हुन्छ भने अर्कोतिर यसबाट प्रकृतिलाई पनि नोक्सानी हुँदैन । जैविक कृषिबाट उत्पादित जैविक खानेकुराहरुमा यस्ता उत्पादन पनि हुन्छन्, बायो फलैवोनाँयड्स भनिन्छ ।

जसले विभिन्न खाले क्यान्सरलाई त रोक्छन् नै साथसाथै यीनले अल्जाइमर तथा मुटु तथा रक्त प्रणालीजन्य रोगहरुको असरलाई दिने हो भने तीनको मानसीक विकास तेजीले हुनेछ तथा रोग प्रतिरोधक प्रणाली पनि बालियो हुनेछ जुन व्यावसायीक कृषि पशुपालनमा प्रयोग गरिएको न्युरोटक्सिन नामक पेस्टिसाइडका कारण कमजोर हुनु उत्तरदायी कारण मानिन्छ । आज सम्पूर्ण विश्वमा जैविक आहारको जवरजस्त माग छ, किनभने यी असाध्यै स्वादिष्ट हुन्छन् तथा प्राकृतिक स्वाद अनि सुगन्धले भरपुर हुन्छन् ।

यीनको सेवनले हाम्रो शरीरलाई भित्रैबाट मजबुत बनाउँछन् । जसले गर्दा हाम्रो शरीर कैयौं प्राणघातक रोगहरुको प्रभावबाट बचिराखेको हुन्छ । यसको प्रचार र प्रसारको अनुमान यस कुराबाट लागउन सकिन्छ कि वर्तमानमा यसको विश्व बजारमा ३० बिलियन अमेरीकी डलरभन्दा बढी यस्तो गरिँदैछ कि आउने समयमा यसमा अरु पनि वृद्धि हुनेछ । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०९:५५