सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले विश्वासको मत नलिने, जेठ ९ मा संसद अधिवेशन बोलाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सो कुराको ब्रिफिङ गरेको एक मन्त्रीले बताए ।

उनका अनुसार बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको ती मन्त्रीको भनाइ छ । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १८:१२