सूचनाको शक्ति - The Power Of Information

        

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेको स्थायी कमिटी बैठक आकस्मिक रुपमा बोलाएका छन्।

स्थायी  कमिटी बैठक बिहीबार २ बजे बालुवाटारमा डाकिएको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए।

ओलीले आफू निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार भएको बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यको  उप-निर्वाचनका लागि मतदान सकिनु भन्दा एक घण्टा पहिले स्थायी कमिटी बैठक बोलाएका हुन्।

ओलीले निवार्चन आचारसंहिताको उल्लंघन गर्दै बादललाई नै अनिवार्य मत दिन आफ्नो पार्टीलाई निर्देशन दिएका छन्।

तर ओलीकै पार्टीबाट माधवकुमार नेपाल पक्षले बादलको प्रतिश्पर्धीको रुपमा डा. खिमलाल देवकोटालाई उठाएको थियो।

उनलाई नेपाली काँग्रेस, माओवादी र जसपाको साथ छ। नेता नेपालले यो निर्वाचनमा मतदातालाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने माग अघि सारेका थिए।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १४:०२