सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं ।  नेपाली बजारमा बिहिबार सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा ४ सयले बढेको हो ।

बिहिबार सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार सुनकाे मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १३ सय ७० रुपैयाँ रहेको चाँदी बिहिबार १३ सय ६० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १३:५८