काठमाण्डौ । थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने भएको छ । कोभिड-१९ केयर युनिट सञ्चालन गर्न ३० वटा अस्पतालसँग सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार प्रदेश-१ को नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश-२ का नेशनल मेडिकल कलेज, वीरगञ्ज र जानकी मेडिकल कलेज, जनकपुरसँग सम्झौता भएको छ ।
त्यस्तै, वाग्मती प्रदेशका सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज तथा डेन्टल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाण्डौ नेशनल मेडिकल कलेज र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन हुनेछ ।
।