सूचनाको शक्ति - The Power Of Information

        

गगन थापाले सुरु गरे कोरोना संक्रमितलाई निःशुल्क यातायात सेवा

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ ले कोरोना संक्रमितको सहजताका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।

काठमाडौं क्षेत्र ४ का सांसद गगन थापाले होम आइसोलेसनमा रहेका संक्रमितलाई अस्पताल आउजाउ गर्नका लागि यो सेवा सुरु गरेका हुन्।यो सेवा काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर सुरू गरिएको हो।

यो सेवाबाट घरमै आइसोलेसनमा रहेका संक्रमितलाई अस्पताल जानआउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान सहज हुने पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाको विश्वास छ।

निषेधाज्ञाको समयमा शुरु भएको सेवाले संक्रमितलाई सहज हुने थापाले बताए। सहज रुपमा यातायात सेवा उपयोगका लागि विभिन्न  सम्पर्क नम्बरको समेत व्यवस्था गरिएको छ।

यो सेवाका लागि काठमाडौं महानगरतर्फ 9851096303, बुढानिलकण्ठ नगरपालिकातर्फ 9851065256 र 9851072129 मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्।

साथै हटलाइन नम्बर 9860340587 मा एसएमएस पनि गर्न सकिनेछ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १०:३४