सूचनाको शक्ति - The Power Of Information

        

चलचित्रका सम्पादक अभिषेक पौडेलको कोरोनाको कारण निधन

काठमाडौं । नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ ।

कोरोनाको कारण पौडेलको निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए ।

फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

रुद्रपुर ८ रुपन्देशीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १०:२१