काठमाडौं । लमजुङकाे भुलभुले केन्द्र भएर गएकाे भूकम्पमा परि चार जना घाइते भएका छन् । त्यसैगरि सात घरहरू भत्किएका छन् ।
भुकम्पमा घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर ६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी ६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर ८ की २९ वर्षकी खसीमाया रहेको छन् ।
घाइते भएका चार जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । आज बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर ३० मिनेटमा दुईपटक भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। सुरूमा ५.८ र पछि ५.३ रेक्टरस्केलकाे भूकम्प गएको थियाे ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला कास्की, तनहुँ, गोरखा, धादिङ, चितवन, काठमाडौंलगायतमा पनि धक्का महसुस गरिएको थियो।
।