आदिकालदेखि नदीहरु स्वच्छ जलको अमुल्य श्रोत थिए । तिनको जलको उपयोग पेयजल आपूर्ति निस्तार, आजिवीका तथा खेतीपातीका लागि गरिन्थ्यो । पछिल्लो केही सालहरु देशका अधिकांश नदीहरुको गैरमनसुनी प्रभाहमा कमी भइरहेको छ । साना नदीहरु तेजीले सुकिरहेका छन् र लगभग सबै नदी प्रणालीहरुमा प्रदुषण बढी राखेको छ । यो स्थिति हिमालयन नदीहरुमा कम तथा यस प्रायदिपका नदीहरुमा अधिक गम्भीर छ । यो परिवर्तन भने प्राकृतिक हैन ।
विज्ञहरु अनुसार नदी प्राकृतिक जलचक्रको अभिन्न अंग हो । प्राकृतिक जलचक्र अन्तरगत नदी आफ्नो जलग्रहण क्षेत्रमा परेको पानीलाई समुन्द्र वा तालहरुमा जम्मा गर्दछ । यसले कछारलाई परिमार्जन गरेर भू–आकृतिहरु निर्माण गर्दछ । यो जैविक विविधताले परिपूर्ण हुन्छ । यसले प्रकृतिद्वारा नियन्त्रित व्यवस्याको मद्दतले बर्षाजल सतहीजल भू–जलको घटकहरुबीच सन्तुलन राखेर अनेक सामाजिक तथा आर्थिक कर्तव्यहरु पालन गर्दछ ।
बैज्ञानिकहरुका अनुुसार नदीमा प्राकृतिक भूमिकाको निर्वाह तथा निर्भर समाज जलचरहरु एवं वनस्पतिहरुको इष्टम विकासका लागि हरहालतमा न्यूनतम पानी उपलब्ध हुनुपर्दछ । यदि कुनै नदीमा पर्यावरणीय प्रवाह अवस्थित छ भने मान्न सकिन्छ कि उसले आफ्नो दायित्व पुरा गर्नमा सक्षम छ । मौसमी घटकहरु सक्रिय हुँदा नदी घाँटीमा भौतिक तथा रासायनिक अपक्षय हुने गर्दछ ।
तापमानको दैनिक एवं मौसमी घटबढका कारण चच्यनहरुमा भौतिक हुन्छ र ति विखण्डित हुन्छन् । कार्वनडाइआक्साइड ज्यूवक्त बर्षाजल चच्यनहरुको घटकसँग रासायनिक क्रिया गर्दछ । कतिपय घटकया सम्पूण रुनीज रसायनीक संघटनमा परिवर्तनका कारण धुलीत अवस्थामा मुल स्थानबाट विस्थापित हुन्छ । यो सतह चल्ने खाले प्रक्रिया हो । नदी प्रणालीले आफ्नो दायित्व बर्षाऋतुमा सम्पन्न गर्दछ ।
आफ्नो कछारमा माटो, उपमाटो, कार्वेनिक पर्दाथहरु तथा घुलनशील रासायनहरु इत्यादिलाई बिस्थापित गरी परिवहित गर्दछ । मुक्त भएका घटक गन्तव्य समुन्द्रतिर अग्रसर हुँदै हरसाल विभिन्न मात्रा तथा दुरीसम्म विस्थापित हुन्छन् । बर्षा ऋतुमा सम्पन्न यो दायित्व निर्वाहको परिमाणस्वरुप नदी घाँटीमा भू–आकृतीक परिमार्जन हुन्छ । बर्षा उपरान्त नदी प्रणाली आफ्नो दोश्रो प्राकृतिक दायित्व सतही तथा अधःस्थली जलप्रवाहद्वारा निम्नानुसार सम्पन्न गर्दछ ।
सतही जलप्रवाह
यो नदी तलमाथि प्रवाहित जल प्रवाह हो । यसको गति नदी तलको ढाल जुन नदी अपरदनको आधार तलवाट नियन्त्रित हुन्छ र द्वार निर्धारण हुने गर्दछ । मनसुन उपरान्त नदीमा प्रवाहित जलको मुख्य श्रोत कछारको भुजल भण्डर मानिन्छ । यस श्रोतबाट जलापूर्ती वाटर टेवलवलाई नदी तहभन्दा माथि हुँदासम्म सम्भव हुन्छ । केही मात्रामा पानीको पूर्ती अद्यःस्थलबाट शीतकालन झरीबाट पनि हुन्छ । सतही जलप्रवाहको अस्तित्व नदीलाई समुन्द्रमा मिल्नु सम्म रहन्छ । यस्को मात्रा प्रारम्भमा कम तथा पछि क्रमशःबन्दै जान्छ ।
अद्यःस्थल (Base flow) जलप्रवाह
नदी तलभन्दा तल प्रवाहित हुने जल प्रवाहलाई अद्यःस्थल जलप्रवाह भनिन्छ । यस जलप्रवाहको गतिको निर्धारशा स्थानीय ढाल तथा नदी तलको मूनी मौजुद भौतिक संस्तरको पारगम्यताले निर्धारित गर्दछ । भौतिक संस्तरको पारगम्यता र ढालका कारण विकसित दवावको परिणामी प्रभावले नदीको अद्यःस्थल जल प्राप्त हुन्छ । नदीको अधिक ढाल भएको प्रारम्भीक क्षेत्रहरुमा जहाँ अद्यःस्थल जलको दबाव धेरै तथा पारगम्य संस्तर पाइन्छ ।
नदीको अद्यःस्थलबाट पानीको अधिकांश मात्रा प्राप्त हुन्छ । नदीको बढी ढाल भएको प्रारम्भीक क्षेत्रहरुमा जहाँ अद्यःस्थलको जलको दबाव अधिक तथा पारगम्य संस्तर पाइन्छ । नदीको अद्यःस्थल जलको अधिकाश मात्रा प्राप्त हुन्छ । नदीको प्रारम्भिक चरणामा यो मात्रा अपेक्षाकृत कम हुन्छ । जसैजसै नदी डेल्टातिर बढ्दछ, नदीको ढाल क्रमशः घटछ तथा नदी तलको मूनि पाइने कणहरुको आकार कम हँुदै जान्छ । स–साना भएका कणहरुको तहको पारगम्यता समानुपातीक रुपमा घट्दछ ।
ढालको क्रमशः कम हुने कारण दबाब पनि समानुपातीक रुपले घट्दछ । यीनको संयुक्त प्रभाव र समुद्रमा बढी घनत्व भएको कडा पानीका कारण डेल्टा क्षेत्रमा अद्यःस्थल जलप्रवाह समुद्रको स्थानमा नदीमा उत्सर्जीत हुन्छ । नदी प्रणालीले आफ्नो दोश्रो प्राकृतिक दायित्व बर्षाऋतुपछि सुख्खा मौसममा सम्पन्न गर्दछ । उसले नदी तालमा वर्षातको मौसमपछि बचेको माटोका अत्यन्त साना कणहरु तथा घुलीत रासायनहरु गन्तब्यतिर लैजान्छ । यो काम सतही तथा अद्यःस्थल जलप्रवाहद्वारा सम्पन्न गरिन्छ ।
यसको कारण बिशालु मात्रामा सिल्द गेगर तथा घुलीत रसायनहरुको परिवहन हुन्छ । यसैकारण नदी प्रणालीको प्रारम्भिक चरणमा कम मात्रामा सिल्ट गेगर पाइने गरिन्छ । नदीले उपरोक्त प्राकृतिक दायित्वहरुको निर्वाह वर्षातमा सर्वाधिक तथा वर्षातपछि जलप्रवाहहरुको घट्दो मात्राको अनुपातमा गरिन्छ । नदी प्रणालीको उपयुक्त प्राकृतिक दायित्व बिना सतह जलप्रवाह सम्पन्न हुँदैन अर्थात् प्राकृतिक दायित्वहरुलाई पूरा गर्नका लागि प्रत्येक नदीलाई बाह्रमासी हुनु आवश्यक पर्छ ।
नदी प्रणालीमा मानवीय हस्तक्षेप
नदी कछारहरुमा मुख्य मानवीय हस्तक्षेप निम्नानुसार हुन्छ । नदीको जलग्रहण क्षेत्रमा भुमी उपयोगमा परिवर्तन नदी मार्गमा बाँध निर्माण नदी मार्गमा बालुवा निकाल्नु नै नदी घाँटीमा बढ्दो भुजल दोहमा उपयुक्त मानवीय हस्तक्षेपहरुको प्रमुख तात्कालिन परिमाण अनुसार खेती अधो रचना विकास, उपयोग सडक यातायात आवसिय आवश्कता इत्यादि बढ्दा नदीहरुको जलग्रहण क्षेत्रमा मौजुद वनजंगल कम हँुदैछ तथा वनस्पतीक आच्छादान घट्दो छ ।
अतिवृष्टी तथा वनस्पतीक घटनाका कारण भूमि कटान बढ्दो छ । भूमि कटान बढ्नाका कारणले नदीहरुको जलग्रहण क्षेत्रमा मौजुद माटोको तहको मोटाई घट्दो छ । मोटाई घट्नको कारण तीनमा धेरै कम मात्रामा भू–जल सञ्चय भइरहेको छ । भू–जल सञ्चय घटनाको कारण नदीहरुमा गैरमनसुनी जलप्रवाह घट्दो छ । जलप्रवाह घट्नाको कारण नदी तन्त्रको प्राकृतिक भूमिका घट्दो छ । गैरमनसुनी दायित्व पूरा भइरहेको छैन ।
मानवीय गतिविधिहरुका कारण भइरहेको जलवायु परिवर्तन र जलग्रहण क्षेत्रमा बदलिँदो भूमि उपयोगको कारण नदी प्रणालीको सम्पूर्ण जागृत इको–सिस्टम प्रतिकुल ढंगबाट प्रभावीत भइ राखेको छ । यो सब मानवीय हस्तक्षेपको परिमाण हो भन्न सकिन्छ । बाँधहरुको निर्माण नदी मार्गमा गरिन्छ । जसका कारण नदीको सतही अद्यःस्थल जलप्रवाह खण्डित हुन्छ । नदीको प्राकृतिक प्रवाहहरु खण्डित हुनाका कारण जलग्रहण क्षेत्रबाट परिबहित अपेक्षीण पर्दाथ तथा पानीमा घुलेको रसायन बाँधमा जम्मा हुन थाल्दछ ।
परिमाणस्वरुप बाँधको पानी प्रदुषित हुने तथा जलीय जीवजन्तुहरु तथा वनस्पतिहरुमाथि पर्यायवरणीय जोखिमको सम्भावना बढेर जान्छ । प्राकृतिक जलचक्र तथा नदीको कछारमा प्राकृतिक भू–आकृतिहरुको विकासमा व्यवधान आउँछ । नदीले आफ्नो प्राकृतिक भूमिकालाई सही तरिकाले निर्वाह गर्न पाउँदैन । बाढीको लेदोयुतm पानीसँग बगेर आउने कार्बनिक पर्दाथहरु र बाँधको पानी उम्रिने वनस्पतिहरु अक्सिजनबिहिन वातावारणमा सडेपछि मिथेन ग्याँस बन्छ ।
यो ग्याँस जलाशयको सतह स्लीप–वे हाइड्रल बाँधको टर्वाइन र डाउन स्ट्रीममा उत्सर्जित हुन्छ । यो ग्याँस जलवायु परिवर्तनका लागि जिम्मेवार मानिन्छ । प्रत्येक नदी आफ्नो विभिन्न चरणहरुमा प्राकृतिक घटकहरु सक्रिय सहयोगबाट अनेकौ गतिविधिहरु पूरा गर्दछ । यी गतिविधिहरुको अन्तरगत उसले अद्यःस्थल जलको प्रवाहको निरन्तरता एंव नियमनको लागि अपक्षीय पर्दाथहरु, रेत, ढुङ्गा माटो निर्माण गर्दछ ।
अद्यःस्थल जल जब संयोजित कणहरुको समानुपातीक तथा कार्यरत दबावद्वारा नियन्त्रित हुन्छ । निर्माण कार्यहरुमा बालुवाको उपयोग अपरिहार्य हुन्छ । नदी मार्गको ठाँउठाँउमा विभिन्न गहिराइसम्म खनेर बालुवा निकाल्ने गरिन्छ । बालुवा निकाल्नाले गर्दा नदीमा गहिरो खाल्डाहरु बन्ने गर्दछन । हरसाल, बाढीको बालुवा गिटी गेगर र सील्टयुक्त पानी खाल्डोलाई पूरा या आंशीकरुपमा भरिदिन्छ ।
खाल्टाहरु पुनः भारित स्थानहरुमा अद्यःस्थलीय तहको भू–जलीय गुण बदली दिन्छ । यसका कारण अद्यःस्थल जलको प्रवाहलाई नियमन गर्ने तहको निरन्तरता नष्ट हुन्छ । निरन्तरता नष्ट हुनको कारण अद्यःस्थल जलको प्रवाहलाई नियमन गर्ने तहको प्राकृतिक भुमिका भंग हुने गर्दछ । नदी मागको गहिरो खल्टोहरुमा भरिएको नयाँ माटो तथा बालुवा अद्यःस्थली तहको जलप्रवाहलाई ठाँउठाँउमा अवरुद्ध गर्दछ । परिमाणस्वरुप यी स्थानहरुमा अद्यःस्थलीयको केही भाग उत्सर्जित भएर जान्छ ।
परिमाणस्वरुप नदी मार्ग अघिल्लो हिस्साले पाउने जलको मात्रा घटेर जान्छ । यो स्थिति वर्षातको तत्कालपछि एकातिर त सम्पूर्ण खनन स्थलहरुमा अद्यःस्थली जलको मात्रालाई घटाँउछ । अद्यःस्थली जलको योगदान घटनाका कारण सतही जलप्रवाह कम हुन थाल्दछ तथा नदी सुकने स्थीति उत्पन्न हुन थाल्दछ । आज हाम्रो चुरे भावर क्षेत्रबाट बग्ने सबै खहरे खोलाको अवस्था यस्तै छ भन्दा हुन्छ । वर्षाको जलको केही हिस्सा जमीनमा रसाएर एककीफरहरुमा सञ्चित हुने गर्दछ ।
प्रत्येक नदीमा वर्षायामा बग्ने पानी मुख्यतः वर्षापल तथा वर्षातपछि बग्ने पानी भू–जल हुन्छ । बर्षाजल धर्तीमा रसाउनाले भू–जल स्तरमा उन्नयन हुन्छ तथा उत्सर्जनका कारण गिरावट आउँछ । पछिल्लो केही दशकहरुमा भू–जलको दोहन तेजीले बढेको छ । भू–जल दोहन बढनाको कारण भू–जल स्तरको प्राकृतिक गिरावटमा दोहनको कारणबटा हुने गिरावट जोडिएको छ । यी दुवैको मिलीजुली असरले जसै भुजल स्तर नदी तलको तल उत्रिन्छ नदीको प्रवाह समाप्त हुन्छ र असमयमा सुखद छ ।
सहायक नदीहरुको साना इकाइहरु गैैरमनसुनी जलप्रवाह र त्यसै अवधिमा भू–जल दोहन एवं भू–जलस्तरको औसत गिरावटको सह संबन्धलाई स्पपट गर्ने जानकारीको भने अभाव छ । मानवीय हस्तक्षेपहरुका कारण हरित गृह ग्याँसहरुको उत्सर्जन बढी रहेको छ । यसका कारण मौसम तथा तापमानमा अप्रत्यशीत परिवर्तन भई राखेको छ । अतिवृष्टी तथा अल्पवृष्टीको स्थितिहरु बनिरहेको छ ।
अतिवृष्टीका कारण नदीहरुमा अचानक बाढी आउने र बाँध फुटने जोखिम बढ्दो छ । अल्पबर्षाको कारण नदीहरु जलप्रवाह घट्दो छ । जलप्रवाह घटनाले नदीहरु सुक्ने घटनाहरु बढ्दो छ । वनहरु कम हुनु तथा माटो कटान बढनाको कारण नदीहरुको गैरमनसुनी जल प्रवाह कम हुदै गइरहेको छ । नदी जलमा प्रदुषण बढ्दो छ । अतः आवश्यकता मानवीय हस्तक्षेपहरु तथा जलवायुको असरलाई कम गर्नेमा छ । यसमा गरिएको ढिलाई या यसलाई अनदेखि समाजलाई महंगो पर्नेछ । (लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)
।