सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

देशभर थपिए ७३१६ जनामा कोरोना संक्रमीत, १४५ को मृत्यु

काठमाडौं । देशभर २४ घण्टामा ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेको छ । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् भने ७०१ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार १६:५६