सूचनाको शक्ति - The Power Of Information

        

अक्सिजन लिन निगमको वाइड बडी जहाज गएराति चीन उड्यो

काठमाडौं । अक्सिजन सिलिण्डर लिन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज गए राति चीनको बेजिङ गएको छ ।

चीन सरकारले अनुदान स्वारुप दिएको अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री लिनका लागि निगम गएराती ११ बजे त्यसतर्फ गएको हो ।

त्यस्तै, नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर लिएर निगमको वाइड बडी ए ३३० जहाज शनिबार बेलुकी काठमाडौ आइपुगेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार ०७:३४