सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

जसपामा महन्थ ठाकुर पक्षलाई कारबाही !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो । आज १ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए ।

‘पार्टी विधान विपरित कामहरु भएका छन् त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ कार्यकारिणी सदस्य राईले भने । बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय लिन सक्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो । उपेन्द्र–बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन भने महन्थ पक्षका १५ जनाले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १२:५१