सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोनाबाट बाँकेमा थप आठको मृत्यु

फाइल तस्वीर

बाँके । बाँकेको विभिन्न अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना पुरूष र तीनजना महिला रहेका छन् । भेरी अस्पतालमा उपचाररत पाँच र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–२ की ३७ महिला रहेकी छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार दिउँसो साढे ३ बजे मृत्यु भएको हो । वैशाख १८ मा संक्रमण पुष्टि भएको उनी वैशाख ३० मा अस्पताल भर्ना भएको थिइन् ।

यस्तै, बाँकेको कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो ४ः२० बजे मृत्यु भएको हो । वैशाख २६ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

भेरी अस्पतालमै उपचारको क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको हो । उनी वैशाख २१ मा अस्पताल भर्ना भएका थिए ।

ठाकुरबाबा–१ की ३४ वर्षीया महिलाको शुक्रबार राति करिब ३ बजे भेरी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २२ मा संक्रमण पुष्टि भएपछि उनी २४ गते भर्ना भएको थिइन् ।

बाँकेको कोहलपुर नगरपालिका–९ का ६१ वर्षीय पुरुषको शुक्रबार राति साढे ७ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरूषमा वैशाख १५ गते कोरोना पुष्टि भएको थियो । वैशाख २१ मा अस्पताल भर्ना भएका थिए ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१९ का ३९ वर्षीय पुरुषको शुक्रबार राति साढे ८ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख ३० मा संक्रमण पुष्टि भएका ती पुरूष सोही दिन अस्पताल भर्ना भएका थिए ।

यस्तै, सल्यानको वनगाड कुपिन्डे–४ की ६० वर्षीया महिलाको शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १२ मा संक्रमण पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

बर्दियाको गुलरिया नगरपालिका–१० का ६० वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान पौने ५ बजे मृत्यु भएको छ । वैशाख २५ मा कोरोना संक्रमण भएका ती पुरूष वैशाख २७ मा अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ०८:३०