बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं.९ का वडा सभापति लक्ष्मीप्रसाद बिष्टको निधन भएको छ । कोरोना भाइरसका कारण सभापति बिष्टको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको हो ।
बिष्टले बैशाखा १५ गते पिसीआर परिक्षण गरी गर्दा संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्य अवस्थामा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बैशाख २१ गते भर्ना गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।
कोरोना फोकल पर्सन ओलीले विष्टको बैशाख ३१ गते साँझ ७ः३० बजे निधन भएको बताएका छन् । विष्टको निधनले काँग्रेसलाई क्षति भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूमबहादुर भण्डारीले बताएका छन् । काँग्रेस सभापतिको निधनले कोहलपुर काँग्रेसलाई ठुलो क्षति भएको उनले बताएका छन् ।
।