सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा थपिए ९०५ नयाँ कोरोना संक्रमित, १५ जनाको मृत्यु

बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा ९०५ जना कोरोना संक्रमित थपिएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको १२७४ वटा नमुना परीक्षणमा ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार भेरी अस्पतालमा ९०१ नमुना परीक्षण गर्दा ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डीसीसीएमसीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा १७६ नमुना परीक्षण गर्दा १०१ जना र बागेश्वरी ल्यावमा १९७ नमुना परीक्षण गर्दा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ९०५ मध्ये बाँके जिल्लाका ५१५ जना छन् भने बाँकी अन्य जिल्लाका हुन् । बाँकेमा सोही अवधीमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेमा ८ जना छन् भने ७ जना अन्य जिल्लाका छन् । बाँकेमा आज ३२३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । बिगत केहिदिनदेखि भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्ने एक्सट्रेक्सन किट नहुँदा संक्रमणको दर घटेको देखिए पनि किट आएसँगै संक्रमितको संख्या बढेको हो ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १८:१३