सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपतिलाई संयोजक हमालले लेखे यस्तो पत्र

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक रविकिरण हमालले अमेरिकी राष्ट्रपतिलाई चिठी लेख्दै कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् । स्वास्थ सामग्री साथै भ्याक्सिन सहयोग गर्न उनले अनुरोध गरेका छन् ।

शुक्रबार एक पत्रमार्फत राष्ट्रपति जोई बाइडेनलाई संकटको समयमा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएकोमा धन्यवादसमेत दिएका छन् । उनले लेखेका छन्, ‘नेपाल सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ विरुद्ध छ, तर स्रोत र सामग्रीहरु पर्याप्त नभएकाले अमेरिकी सहयोग आवश्यक छ ।’ चिठीको अन्त्यमा उनले लेखेका छन्, ‘नेपाल–अमेरिका सम्बन्ध जिन्दावाद !’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १८:०२