सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

सपथलगत्तै अर्थमन्त्रीको निर्णय, ‘भेरीसहित तीन अस्पताललाई करिब ६ करोड’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सपथलगत्तै तीन अस्पताललाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् । शुक्रबार अर्थमन्त्रीको पद बहाली गर्दै पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न तीन अस्पताललाई सो रकम निकासा गर्ने निर्णय गरेका हुन् ।

डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्ज गरी तीन वटा अस्पताललाई रु.५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गर्दै पदभार ग्रहण गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १७:३०