सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

मन्त्रिपरिषदमा पुरानै मन्त्री, प्रधानमन्त्री ओलीले लिए सपथ (नामावलीसहित)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समयमा कसैको दाबी नपरेपछि ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेका हुन् ।

यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन् । यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन् । प्रधानमन्त्री ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन् । सपथ लिने मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन् ।

त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पदमा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन् । राज्यमन्त्रीहरू नवराज रावत, रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्री र राज्य मन्त्रीहरुले यसअघिकै मन्त्रालयको जिम्मा पाएका छन् ।

मन्त्रिपरिषद्को नामावली

१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा रक्षा मन्त्रालय
२. इश्वर पोखरेल – उपप्रधानमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय)
३. रामबहादुर थापा – गृह मन्त्रालय
४. टोपबहादुर रायमाझी – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
५. विष्णु पौडेल – अर्थ मन्त्रालय
६. प्रदीप ज्ञवाली – परराष्ट्र मन्त्रालय
७. हृदयश त्रिपाठी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८. लेखराज भट्ट – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय
९. कृष्णगोपाल श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१०. प्रभु साह – शहरी विकास मन्त्रालय
११. भानुभत्त– ढकाल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१२. मणिचन्द्र थापा – खानेपानी तथा सरसप–ाई मन्त्रालय
१३. पदमा अर्याल – कृषि तथा पशुपंक्षी मन्त्रालय
१४. वसन्त कुमार नेम्वाङ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१५. गौरीशंकर चौधरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१६. पार्वत गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
१७. डा.शिवमाया तुम्वाहाङ्फे – भूमी व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालय
१८. लीलानाथ श्रेष्ठ – कानुन मन्त्रालय
१९. गणेश सिंह ठगुन्ना – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
२०. प्रेम आले बन मन्त्रालय
२१. जलीकुमारी महतो – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
२२. दावा लामा (तामाङ) – युवा तथा खेलकुद मन्त्रालय

राज्यमन्त्रीहरू

१. नवराज रावत – स्वास्थ्य राज्यमन्त्री
२. रामवीर मानन्धर – शहरी विकास राज्यमन्त्री
३. बिमला बिक – उद्योग राज्यमन्त्री

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १७:१९