काठमाडौंँ । मुलुक काेराेना भाइरसकाे कहरमा गुज्रिएपछि ७३ जिल्लामा निषेधाज्ञा कायम गरिएकाे छ।
बाँके जिल्लाबाट सुरु भएकाे निषेधाज्ञा ७७ मध्ये ७३ जिल्लामा लागू भएकाे हाे। तीमध्ये धेरैजसाे जिल्लाभर नै निषेधाज्ञा जारी गरिएकाे छ भने केही जिल्लामा आंशिक निषेधाज्ञा छ।
काभ्रे, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको बताए।
देशभर सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २ सय ७ पुगेको छ। कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ४६६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ वटै जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ।
।