सूचनाको शक्ति - The Power Of Information

        

कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा ८ हजार ९६० जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएसँगै देशभर कोभिड संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

देशभर १ लाख ५ हजार २०७ जना आइसोलेसनमा रहँदा १३ सय ८१ जना आईसीयू र ३ सय ८० जना भेन्टिलेटरमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार १९:५९