सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

सक्रिय संक्रमित एक लाख नाघ्यो

गत २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । गत २४ घण्टामा ९ हजार ३०५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये ९४ हजार ३४३ जना होम आइसोलेसन र ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् । प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा ४ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् । २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार १९:१३