सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त, लिए सपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन् । यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार १८:५७