काठमाडौं । कोभिड-१९ विरुद्धको चिनियाँ खोप लगाएका व्यक्तिहरूलाई २ जेठबाट दोस्रो डोज लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकालाई अब दोस्रो डोज लगाइने भएको हो। यसका लागि २ जेठबाट दोस्रो डोज अभियान थालिने मन्त्रालयले जनाएको छ।
गत २५ चैतदेखि १५ वैशाखसम्म १८ देखि ५९ वर्षसम्म व्यक्तिलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो। उनीहरूलाई पालैपालो दोस्रो डोज लगाइनेछ।
यसका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा खोप केन्द्र तोकिएका छन्। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन् भने अन्य स्थानीय तहमा पनि कम्तीमा एउटा खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ। यसका लागि पालो तोकिएको छ।
काठमाडौंमा कुन दिन कसको पालो?

।