सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालबाट डिस्चार्ज भएकै दिन संक्रमितको मृत्यु

बर्दिया । बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो ।

वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार १५:५१